Saturday, 6 December 2025

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन्
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन्
छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन्
छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन्।


धनको कुरा बिक्ने ठाउँमा मनको कुरा गर्नु गल्ती मेरो थियो
मन दिनेलाई ज्यान दिन्छु भन्नू प्रिय चलन चल्ती मेरो थियो 
एउटामा फूल लिई अर्कोमा छुरी लिने हातहरु छन् 
छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन्। 


सगैँ बाँच्ने सँगै मर्ने रहरहरु खरानी भएको बेलामा नआउनु 
म मरेछ भनेर भीडभाडमा कुराकानी भएको बेलामा नआउनु
थाहा थिएन दुनियाँमा यस्तो विश्वास घातहरु छन् 
छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो यादहरु छन् 
भयो कोशिश नगर्नु रुवाउन तिम्रो यादहरु छन्

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...