शेर्पिनी देख्दा शित्तल हुन्छ मेरो आँखालाई
छातीमा मेरो चसक्क हुन्छ नदेख्दा मायालाई
आराक पोङ लिएर आउँछु यसपालि माग्नलाई
सम्झाई बुझाई राख है कान्छी पालु र मम्मालाई।
फकिर भई बिग्रेर हिन्छौ कसले पो पत्याउंछ
आराक छ्याङ खाएर हिन्छौ कसले पो पत्याउँछ
साँच्चिकै मलाई लैजाने भए ट्रेकिङ गर न
छुर्पी र घिउ मनपर्छ मलाई कि चौंरी पाल न।
गुम्बामा छ्योमे बालेर हामी ॐमाने जपौंला
दु:ख र कष्ट झेलेर पनि संगसंगै बाँचौंला
शेर ताङ ङुल केही पनि होइन मायानै काफी छ
फल्गी ताङ रिल्दोक खाएर पनि खुशीले बाँचौंला।
च्योमो त लोङ्मो चढेर देखाउ भनेर भन्दिन
करोड रुपैयाँ कमाइ देखाउ भनेर भन्दिन
पालुको छोरा हो भने मन जितेर देखाउ
समाज सामू इज्जत हुने गरेर देखाउ।
तानेर पनि लैजान्छु म त नदिए मागेर
हातले होइन मायाले हो नि तनन तानेर
रिसको बेला बाउआमाले दुइदिन कराउँछ
तीनदिन पछि लागेर कर ज्वाइँ भनी बोलाउँछ।
के भन्छ कान्छा मायाले मात्र जिन्दगी चल्दैन
सजिलो छैन मायाले मात्र चुल्हो त बल्दैन
लखर लखर लखर लखर डुलेर हुँदैन
पत्तर पत्तर पत्तर पत्तर बोलेर हुँदैन।
No comments:
Post a Comment