Monday, 14 July 2025

सगरमाथा

सगरमाथा पहिला चढ्ने शेर्पाले नै हो
पर्यटनमा अघि बढ्ने शेर्पाले नै हो
हिमाल जस्तै शीर हुन्छ, झुक्न जान्दैन
मैदानमा निस्की दिन्छ,लुक्न जान्दैन।

च्योमोलङ्मो ग्वाम्ला जेवा श्य्यार्वाकी यिन्
टुरिजम् ला ग्वाम्ला ड्वाप ती शेर्वाराङ यिन्
खाङ्ग्री द्वाके गो गिउ,कुङ कि मेसेतु 
जिन्मा दिङ्ला थेनी देक्यु,यिप मेसेतु।




छल गर्न जाल बुन्न मनले मान्दैन
अनुयायी बुद्धको हो हिंसा गर्दैन
विश्वास गर्ने सारथीको विश्वास तोड्दैन
मिहिनेती हुन्छ तर इमान बेच्दैन।
छुलछ्यो, 

हिमाल जस्तै अटल हुन्छ सान शेर्पाको 
धेरै धेरै असल हुन्छ जात शेर्पाको
हिउँ जस्तै निश्छल हुन्छ मन शेर्पाको 
मलम जस्तै शित्तल हुन्छ माया शेर्पाको।


कम्जोर ठान्नेहरुले त हेर दम पनि
चाह्यो भने शेर्पाले त एटम बम पनि
सम्मान गर्नेहरुलाई असल साथी हो
अपमान गर्नेलाई दुश्मन पनि हो।

नेपाललाई चिनाउने शेर्पाले नै हो
आरोहीलाई बचाउने शेर्पाले नै हो
काम गरेर देखाउँछ भुक्न जान्दैन
आइ लाग्नेलाई जाइ लाग्छ झुक्न जान्दैन।

रोकिंदैन पाइला हाम्रो बढ्छ निरन्तर 
झार्ने चेस्टा नगर है चढ्छ निरन्तर 
साहासको अर्को नाम शेर्पा जाति हो
उत्साहको खानी पनि शेर्पा जाति हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...