Wednesday, 4 May 2016

लाखौं लाख

लाखौं लाख सलाम छ चट्टै छोडी जानेलाई
कोमल यो मन तोडी,अन्तै जोडी जानेलाई।

जिन्दगीमा सबै थोक,तिमी लाई ठानेको थे
मन-मन्दिरकि देवी ,तिमी लाई मानेको थे।
पुरानोको साथ छोडी नयाँ खोजी जानेलाई
कोमल यो मन तोडी,अन्तै जोड़ी जाने लाई

तिमी संगै जंघार तर्छु ,भन्यौ किन माया गर्छु ।
दोबाटोमै छोड्ने भए ,भन्यौ किन संगै मर्छु
शुभकामना छ धेरै , बाटो मोडी जाने लाई
कोमल यो मन तोडी ,अन्तै जोड़ी जाने लाई

निस्ठुरीले

निस्ठुरीले टेकेको त्यो बाटो जाने छैन
कसै संग पिरतीको कसम खाने छैन।

माया छोडी धन तिर मरी मरी भाग्यौ
अनुहारमा थियो धुलो ऐना पुछ्न लाग्यौ।
मर्ने बेला कसैले नि धन लाने छैन
कसै संग पिरतीको कसम खाने छैन।

एक दिन झुटको त्यो संसार भास्नेछ
धोकेबाज हरु लाई दैवले मास्नेछ।
त्यति खेर कठै बरा कसैले भन्ने छैन
कसै संग पिरतीको कसम खाने छैन।

तिम्रो माया

मैले जस्तै माया तिम्ले पनि गरि हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर ।

अमूल्यछ मेरो माया  हिरा मोती भन्दा 
ढल्की सक्यो जोबन तिमी तिमी भन्दा।
मसंग मायाको आउ डुंगा चढ़ी हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर।

दिल तिम्रो पथरको नौनी  बनाउन 
तड़पि रैछ मन मेरो भो न तड़पाउन ।
निश्छल मायामा प्रिय भर परी हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर।

Tuesday, 3 May 2016

सजिलो

कमै मात्र काम यहाँ सजिलो हुन्छ
बाझो चिर्न सके माटो मलिलो हुन्छ।

रसिलो हुन्छ अंगूर टिप्न सकेमा
टिप्न सकिएन भने अमिलो हुन्छ।

खिया लाग्छ दिमागमा थन्को लाएर
चलाएर हेर त चहकिलो हुन्छ।

प्रियसी लाई भेट्दा धेरै बर्ष पछि
दुब्लो भए नि अंगालो कसिलो हुन्छ।

राम्रो शिक्षा र संस्कार दिन सकेमा
छोरा-छोरी ज्ञानी अनि गतिलो हुन्छ।

सुनसान

सुनसान त्यो रातमा सिरानी एउटै थियो
रात सके पछि हाम्रो बिहानी एउटै थियो।

संग संगै काम गर्थ्यौ मिलीजुली दु:ख हुँदा
गोदावरी घुम्न जादा,बिदा नी एउटै थियो।

कहाँ पुग्यौ आज तिमी,कहाँ छ त हाम्रो नानी
निश्छल हाम्रो प्रेमको निशानी एउटै थियो।

बास खोज्दै

यो केटोले खाडी देश सबै डुली सक्यो
नुन-पानीले नुहाएरै केश फुली सक्यो।

नुन,तेल,साग,सब्जी किनेर सकिन्न
गरीब नै मर्ने गरी मूल्य चुली सक्यो।

एक हुल युवा हरु ठोसे तिर लागे
भनीरहेछन् युकेको भर्ती खुली सक्यो।

बुढाबुढी आमा बाबा रुदै बिन्ती गर्छन्
स्वदेशमा आउ बाबु धान झुली सक्यो।

थाकेर बटुवा हरु चौतारीमा सुते
बास खोज्ने दौडानमा त्यो गोधुली सक्यो।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...