मैले जस्तै माया तिम्ले पनि गरि हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर ।
अमूल्यछ मेरो माया हिरा मोती भन्दा
ढल्की सक्यो जोबन तिमी तिमी भन्दा।
मसंग मायाको आउ डुंगा चढ़ी हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर।
दिल तिम्रो पथरको नौनी बनाउन
तड़पि रैछ मन मेरो भो न तड़पाउन ।
निश्छल मायामा प्रिय भर परी हेर
बिश्वास नलागे मेरो छाती चिरी हेर।
No comments:
Post a Comment