यो केटोले खाडी देश सबै डुली सक्यो
नुन-पानीले नुहाएरै केश फुली सक्यो।
नुन,तेल,साग,सब्जी किनेर सकिन्न
गरीब नै मर्ने गरी मूल्य चुली सक्यो।
एक हुल युवा हरु ठोसे तिर लागे
भनीरहेछन् युकेको भर्ती खुली सक्यो।
बुढाबुढी आमा बाबा रुदै बिन्ती गर्छन्
स्वदेशमा आउ बाबु धान झुली सक्यो।
थाकेर बटुवा हरु चौतारीमा सुते
बास खोज्ने दौडानमा त्यो गोधुली सक्यो।
No comments:
Post a Comment