Thursday, 26 July 2018

तिम्रो यादको कर्णाली

यो छातीको गल्छी हुँदै
यो मुटुको किनार छुँदै
तिम्रो यादको कर्णाली बगिरहन्छ....

तस्वीरमा ठोकी कतै
क्यानभासमा पोखी कतै
रोकिंदैन रोकेर,चलिरहन्छ
तिम्रो यादको कर्णाली बगिरहन्छ...

मनको भित्ता भत्काउँछ
गहहरु भिजाउँछ
सम्झनाको दियालो बलिरहन्छ
तिम्रो यादको कर्णाली बगिरहन्छ...

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...