Friday, 12 January 2024

नयनी ताल

B: मेरो नयनी तालैमा डुंगा ख्याउनु तिमी
G: ताल तरी सुटुक्क मनमा आउनु तिमी।

B: जिन्दगीको गहिराइमा संगै डुब्न जाऔंला
G: पिरतीको हिरा-मोती टिपीकन आऔंला
B: जवानीको आगो बाल्छु,दाउरा ल्याउनु तिमी
G: भित्ता म नै सजाउँछु,छाना छाउनु तिमी।

B: यौवनको फूलबारीमा तिमी फूल हुनु
G: फूलको रस चुसिदिने भमरा हुनु 
B: रोएको त सुहाउँदैन,मुस्कुराउनु तिमी 
G: ढुकढुकीको संगीतमा गीत गाउनु तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...