Wednesday, 24 January 2024
बानेश्वर
मुख्य कुरा त यहाँ श्रमको सम्मान छैन।एउटा बेरोजगार जो भट्टी धाउँछ र त्यही मान्छे अर्को श्रम गर्ने श्रमिकलाई हेप्छ।अर्को कुरा श्रमको वातावरण छैन।हरेक तह र तप्काले श्रम गर्नेलाई दु:ख दिन्छ।हामी यतिसम्म स्वार्थी भयौं कि अरुको बारेमा सोच्ने फुर्सदै छैन।आफ्नो स्वार्थ सिद्ध गर्न मात्र तल्लीन भयौं।हामी ठूलो मान्छे बन्ने दौडमा जिम्मेवार हुन सम्म सकेका छैनौं।यहाँ सबैले नेता र सरकारलाई मात्र दोष दिन्छौं तर आफूले के गरिरहेका छौं भन्ने बारे कहिल्यै सोच्दैनौं।यो चार बर्षको काठमाडौ बसाइँले धेरै कुरा सिकायो।लेख्यो भने एउटा ठूलै पुस्तक बन्छ होला।हाम्रै करले जागीर खाएका कर्मचारी हामीलाई नै दु:ख दिन्छन् ,सताउँछन्।वास्तवमा यो देश गरिखाने ठाउँ होइन रहेछ।यस्तै सोचेर गरिखान खोज्नेहरु पलायन हुन्छन्।तीतो सत्य यही हो।मनन गर्ने कसले?बानेश्वरको घटना त एउटा प्रतिनिधि घटना मात्र हो।जलेर मर्न नसके पनि अधिक संख्यामा मान्छेहरु पलपल मरेर बाँचिरहेका छन्।
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment