नेता लाई लाज छैन,कुरी-कुरी भनी दिन्छु
बिराला झैँ चोर हुन्छन्,सुरी-सुरी भनी दिन्छु।
बालबच्चा स्वदेशमै छोडेर खाडी भासिनु
रहरले पक्कै हैन मजबुरी भनी दिन्छु।
हात-मुख जोर्न धौ धौ जनताका ती सपना
उडाउने ती दानबी आधीहुरी भनी दिन्छु।
आफू मरीकन यात्रु बचाउने पाईलटको
कदम लाई दिलवाला, बहादुरी भनी दिन्छु।
आफू भन्दा प्रियसीको ख्याल गर्ने मान्छे लाई
तड्पाएर छोड्ने लाई म निस्ठुरी भनी दिन्छु।
No comments:
Post a Comment