यहाँ
सुन्दरतालाई बिगारेर कुरुप बनाईन्छ उज्यालोको मुहारमा हिलो छ्यापेर बर्बाद बनाईन्छ
लाग्छ-यो मानव-वस्ती हैन।
यहाँ
असललाई खराब हुन बाध्य पारिन्छ
इमानलाई मारिन्छ
लाग्छ-यो मनाव-वस्ती हैन।
यहाँ
प्रेमको पालुवा निमोठिन्छ
घृणाको बिरुवा रोपिन्छ
लाग्छ- यो मानव-वस्ती हैन
यो दानव-वस्ती हो
दानव वस्ती।
No comments:
Post a Comment