Tuesday, 17 December 2024

भेट्ने कसरी

मन जोड्ने पुल छैन भेट्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।

अतीतको माया बोकी छाती भरी भरी 
बिछोडको घाउ बोकी रुन्छु घरी घरी।
कहाँ होलिन् कस्ती होलिन् देख्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।

मलाई जस्तै उनलाई पनि हो कि छ्टपटी
एकदिन हैन दुईदिन हैन सहने हो कति
छातीमा घाउ आलै हुन्छ सेक्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...