Tuesday, 24 December 2024

तिम्रो लागि

तिम्रो लागि आकाशको जुनतारा झार्न पनि सक्दिन म
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

सुन चाँदी हीरा मोती नचाहने को होला यो दुनियाँमा 
थाहा छैन कतिसम्म योगदान दिन सक्छु यो मायामा 
जित्छु भन्ने यकिन छैन प्रेमको खेलमा हार्न पनि सक्दिन म
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

माया भन्ने कुरा यहाँ हुन्छ भन्छन् अमूल्य धन भन्दा 
अचम्म त तब लाग्छ जब हुन्छ ठूलो धन मन भन्दा
शीरमाथि सजाइसकें  तिमीलाई झार्न पनि सक्दिन म 
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...