Wednesday, 25 December 2024

पैसा पैसा

पैसा पैसा भन्दा भन्दै बित्छ कुनै दिन
हजार लाख गन्दा गन्दै बित्छ कुनै दिन।

छट्पटाउँछ कुनै घाउ मलम नपाएर
छुट्छन् कति अक्षरहरु कलम नपाएर
हरेक पल गन्दा गन्दै बित्छ कुनै दिन
ऐया ऐया भन्दा भन्दै बित्छ कुनै दिन।

घटाउने त नामै लिन्न अनगिन्ती जोड्छन्
कसैलाई काम लाग्दैन,आखिरीमा छोड्छन्
पुँजिपति बन्दा बन्दै बित्छ कुनै दिन
तेरो-मेरो भन्दा भन्दै बित्छ कुनै दिन।





No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...