Thursday, 30 January 2025

दि आज्जीकी

दि आजीकी ङिङ्मारकी दुक्पाका लासोङ हुरुरु
ङिम्खांनुप्खां मिक्तेस मिक्चीका थेसोङ ज्युरुरु।
यो कान्छीको घृणाले दु:ख पो लाग्यो हुरुरु
दिन र रात आँखामा आँसु पो आयो धुरुरु।

G
ख्योरला ङिङ्ज्या क्यानीयाङ सेमला मा थेन्सोङ ओइ
सेमक्यानी कसेनी चेनी रङ्जी च्याङ थोङ्सोङ ओइ।
तिमीलाई माया गरेर मनमा चोट लाग्यो ओइ
मनसंग धेरै खेलेर असली रुप देखियो ओइ।


B
ङिमा आमी थोंनी वाइ,लाका म्यालुउ क्यावा म्या
ङेकी जुव ख्योर्ती यिङ,ज्यान्ला ङेयी बिन्दा म्या।
सूर्य माताले देखेको छ,नराम्रो काम गर्या छैन
मेरो ज्यान तिम्रै हो,अरुलाई मैले द्या छैन।

G
ख्योरोङ क्यानी देतुला ङेयी मिलाम् थोङ्गा वाइ
बुद्धल स्यावा क्यानी ख्योरला ङेयी लोङ्गा वाइ।
तिमीसंग बाँच्नलाई सपना मैले देखेको
बुद्धलाई ढोग गरेर तिमी नै मैले मागेको।







Wednesday, 29 January 2025

चट्ट कपाल

B
चट्ट कपाल कोरेर फूल सिउरी आउँदा
संस्कारी र सुन्दरी लाजले निहुरी आउँदा 
अप्सराले हार मान्छ तिमीलाई देखेर 
अप्सराले हार मान्छ तिमीलाई देखेर।

G
फूलको हो कि मेरो हो बयान तिमीले गरेको 
निको मलाई लाग्दैन है त्यसरी आँखा तरेको
त्यसै त्यसै लाज लाग्छ तिमीलाई देखेर 
त्यसै त्यसै लाज लाग्छ तिमीलाई देखेर।

B
गुलाब भन्दा कम छैनौ,हरर आयो बासना
अन्त तिर ध्यान छैन,नजर बस्यो तिमीमा 
पागल जस्तै हुन्छु म त तिमीलाई देखेर 
पागल जस्तै हुन्छु म त तिमीलाई देखेर।

G
तिमी त लोभी भमरा,भमराको छैन भर
फूलको रस चुसेर भाग्छ भन्ने लाग्छ डर
विश्वास लाग्दै लाग्दैन तिमीलाई देखेर
विश्वास लाग्दै लाग्दैन तिमीलाई देखेर।

B
हेरेर देखेर था हुन्न,मनलाई सोधी हेर त
मैले जस्तै तिमीले नि मुटुमा राखी हेर त
छाती भित्रै सजाएँ तिमीलाई देखेर
छाती भित्रै सजाएँ तिमीलाई देखेर।

G
स्वार्थी छौ कि निस्वार्थी कसरी पो था होला 
बगैंचाको फूलै फूल डुली डुली आ होला
कसरी विश्वास गरुँ म तिमीलाई हेरेर 
कसरी विश्वास गरुँ म तिमीलाई हेरेर।

B
चन्द्र सूर्य साक्षी छ, साक्षी छ यो धर्ती
परिक्षा दिन तयार छु,लिन्छौ तिमी कति 
मैले मनपराएँ तिमीलाई देखेर 
मैले मनपराएँ तिमीलाई देखेर।

G
चट्ट कपाल काटेर हल्का दाह्री राखेको
आजैबाट तिमीलाई मैले दिलमा राखेको
तिम्रै हुन बाध्य छु तिमीलाई देखेर
तिम्रै हुन बाध्य छु तिमीलाई देखेर।













Friday, 17 January 2025

धोका दिन्याको

B
तम्रा रैछ पिरति झूटो
लागिरछ अहिले पछुतो 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
जसलाई राख्याँ मुटुको माझमा
रुवाइदिया पलाका पलामा
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

B
बोलिदियाउ गुलिया कुरा 
मुखाँ रामराम बगलीमा छुरा 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
ध्यौता सम्झी मनमा सजाञाँ
आखिरीमा बडा चोट खाञाँ
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

B
छैन मैले धोका त दियाको
ताजै छ नि कसम खायाको
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
कसम् खान्या तमी नै हौ नि
तोड्न्या पनि तमी नै हौ नि 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

B
जबर्जस्ती कसम ख्वाउन्यालाई
के भनौं र आरोप लाउन्यालाई
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
झूटा कसम् खायाको रहेछ
सच्चा मैले लायाको रहेछ 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

B
गल्ती तम्रा हो कि त हाम्रा
बुझ्न्या कोशिस गरिन्याउ बाध्यता 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
छुट्यापछि एकचोटि भेट्यान्याउ
दुई शब्दका चिट्ठी नि लेख्यान्याउ
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

B
हमी हैन दोषी हो समय
भोग्नुपर्याउ हमीले पराजय
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।

G
यस्तै भयाउ पहिलो जनम
भेट गरम् है अर्को जनम 
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।


















Tuesday, 14 January 2025

बौद्धमा भेटौंला

केटा 
कहाँ भेटुँ कहाँ देखुँ अति नै हतार लाइसक्यो 
कान्छी तिम्रो मायाले कलेजी मुटु खाइसक्यो
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२
 
केटी
लप्पन छप्पन जान्दिन त्यो कुरा म  मान्दिन 
बाबा र आमालाई ढाँटेर भेटन म आउन सक्दिन 
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटा 
फोन पनि साथमा बोकिनछौ तिमीलाई म्यासेज लेख्नलाई
तिमीसंग कसरी भेट्ने हो मायाको तलतल मेट्नलाई
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

 
केटी
लेकाली कान्छी सोझी म बेशीमा कहिल्यै झर्दिन
मनमा माया भएदेखि म्यासेज लेख्नु पर्दैन
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२


केटा
पोहोरको ल्होसारको मेलामा कान्छीलाई एकपल्ट देखेको
जोगीलाई जोखान हेराउँदा तिमी नै मलाई लेखेको
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटी
हाम्रो त बाजेको पालामा चौंरी त चरायो खर्कमा
हिजो रातीको सपनामा म पनि तिम्रै काखमा
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटा 
तिम्रो र मेरो मन मिले सगुन सारौं कि आमालाई
पान्सय जन्ती लिएर राखेर अगाडि लामालाई
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटी 
लामाको छोरी मै पनि पालु र आमालाई माग न
पान्सय जन्ती ल्याएनी ठूलो छ हाम्रो आँगन
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटा 
स्वस्तिक चित्र कोरेर राखौंला तिमीलाई द्यानमाथी
राखौंला तिमीलाई रानी झैं विश्वास गर मैमाथी
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२

केटी
विश्वास गरें मैले नि तिमीनै बाबा र आमाको ज्वाइँ
माइतीलाई साक्षी राखेर जाउँला नि तिम्रै हात समाइ
आजको गोधुली साँझमा बौद्धमा भेटौंला 
मानेपेमे मानेपेमे जप् गर्दै पिरती साटौंला।२


केटा/केटी
तिमी मेरो म तिम्रो भैसक्यो अब केको डर



 केटा
तिमी छ्यौ हरेक नशामा तिमी नै आशामा 

बिहानी बेलुकी प्रहरमा बौद्धमा भेटौंला 
बौद्धमा भेटौंला दल्जा कोरामा भेटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला। 

केटी
बेला बेलामा फोन गर
नभए भिडियो कल गर
देखेर मीठो सपना 
सपनीमै भेटौंला
बिहानी बेलुकी प्रहरमा कसरी भेट्ने हो 
कसरी भेट्ने हो आच्यु कसरी भेट्ने हो
ॐमानेपेमे जपी माया कसरी साट्ने हो?
ॐमानेपेमे जपी माया कसरी साट्ने हो?


केटा 
सपनी पनि तिमी हौ
बिपनी पनि तिमी हौ
तिमी नै मुटुको ढुकढुकी
तिमी नै मेरो जिन्दगी
बिहानी बेलुकी प्रहरमा बौद्धमा भेटौंला 
बौद्धमा भेटौंला माया कोरामा भेटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला।

केटी 
आमाको इच्छा चाहना
पालुको अनेक रहर 
पैताला मुनि कुल्चेर 
पृयको हुन म सक्दिन
बिहानी बेलुकी प्रहरमा कसरी भेट्ने हो 
कसरी भेट्ने हो माया कसरी भेट्ने हो
ॐमानेपेमे जपी माया कसरी साट्ने हो?
ॐमानेपेमे जपी माया कसरी साट्ने हो?


केटा 
यो खुशीको के कुरा
यो जुनीको के कुरा
तिम्रै लागि मर्दिन्छु 
सात जुनीसम्म पर्खिन्छु
बिहानी बेलुकी प्रहरमा बौद्धमा भेटौंला 
बौद्धमा भेटौंला माया कोरामा भेटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला।

केटी
तिमीले जित्यौ मेरो मन
तिम्रै हुनेछ मेरो तन
कि त हुन्छु भगवानको 
कि त हुन्छु म तिम्रो 
बिहानी बेलुकी प्रहरमा बौद्धमा भेटौंला 
बौद्धमा भेटौंला माया कोरामा भेटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला।

केटा
इबी र मेमेलाई मनाउँछु
"ओरी मक्पा" भन्ने बनाउँछु 
हुनेछ पूरा रहर 
आउनेछ वसन्त बहार
बिहानी बेलुकी प्रहरमा बौद्धमा भेटौंला 
बौद्धमा भेटौंला माया कोरामा भेटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला
ॐमानेपेमे जप्दाजप्दै माया पो साटौंला






















Thursday, 9 January 2025

भुकम्प

भुकम्प भै आयौ, मनमा भयो क्षति 
धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।

कमलो छ मेरो मनको संरचना 
चर्काएर गयौ प्रत्येक कुना कुना 
लेखाजोखा छैन क्षति भयो कति 
धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।

कसरी सकेको यत्ति प्रहार गर्न 
गाह्रै पर्छ अब मर्मत संभार गर्न
माया त गरेको मैले सके जति 
धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।





tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...