Wednesday, 29 January 2025

चट्ट कपाल

B
चट्ट कपाल कोरेर फूल सिउरी आउँदा
संस्कारी र सुन्दरी लाजले निहुरी आउँदा 
अप्सराले हार मान्छ तिमीलाई देखेर 
अप्सराले हार मान्छ तिमीलाई देखेर।

G
फूलको हो कि मेरो हो बयान तिमीले गरेको 
निको मलाई लाग्दैन है त्यसरी आँखा तरेको
त्यसै त्यसै लाज लाग्छ तिमीलाई देखेर 
त्यसै त्यसै लाज लाग्छ तिमीलाई देखेर।

B
गुलाब भन्दा कम छैनौ,हरर आयो बासना
अन्त तिर ध्यान छैन,नजर बस्यो तिमीमा 
पागल जस्तै हुन्छु म त तिमीलाई देखेर 
पागल जस्तै हुन्छु म त तिमीलाई देखेर।

G
तिमी त लोभी भमरा,भमराको छैन भर
फूलको रस चुसेर भाग्छ भन्ने लाग्छ डर
विश्वास लाग्दै लाग्दैन तिमीलाई देखेर
विश्वास लाग्दै लाग्दैन तिमीलाई देखेर।

B
हेरेर देखेर था हुन्न,मनलाई सोधी हेर त
मैले जस्तै तिमीले नि मुटुमा राखी हेर त
छाती भित्रै सजाएँ तिमीलाई देखेर
छाती भित्रै सजाएँ तिमीलाई देखेर।

G
स्वार्थी छौ कि निस्वार्थी कसरी पो था होला 
बगैंचाको फूलै फूल डुली डुली आ होला
कसरी विश्वास गरुँ म तिमीलाई हेरेर 
कसरी विश्वास गरुँ म तिमीलाई हेरेर।

B
चन्द्र सूर्य साक्षी छ, साक्षी छ यो धर्ती
परिक्षा दिन तयार छु,लिन्छौ तिमी कति 
मैले मनपराएँ तिमीलाई देखेर 
मैले मनपराएँ तिमीलाई देखेर।

G
चट्ट कपाल काटेर हल्का दाह्री राखेको
आजैबाट तिमीलाई मैले दिलमा राखेको
तिम्रै हुन बाध्य छु तिमीलाई देखेर
तिम्रै हुन बाध्य छु तिमीलाई देखेर।













No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...