B
तम्रा रैछ पिरति झूटो
लागिरछ अहिले पछुतो
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
जसलाई राख्याँ मुटुको माझमा
रुवाइदिया पलाका पलामा
फाइदा लुट्न्याकोकवै भलो नहोस् दैव धोका दिन्याको।
B
बोलिदियाउ गुलिया कुरा
मुखाँ रामराम बगलीमा छुरा
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
ध्यौता सम्झी मनमा सजाञाँ
आखिरीमा बडा चोट खाञाँ
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
B
छैन मैले धोका त दियाको
ताजै छ नि कसम खायाको
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
कसम् खान्या तमी नै हौ नि
तोड्न्या पनि तमी नै हौ नि
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
B
जबर्जस्ती कसम ख्वाउन्यालाई
के भनौं र आरोप लाउन्यालाई
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
झूटा कसम् खायाको रहेछ
सच्चा मैले लायाको रहेछ
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
B
गल्ती तम्रा हो कि त हाम्रा
बुझ्न्या कोशिस गरिन्याउ बाध्यता
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
छुट्यापछि एकचोटि भेट्यान्याउ
दुई शब्दका चिट्ठी नि लेख्यान्याउ
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
B
हमी हैन दोषी हो समय
भोग्नुपर्याउ हमीले पराजय
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
G
यस्तै भयाउ पहिलो जनम
भेट गरम् है अर्को जनम
फाइदा लुट्न्याको
कवै भलो नहोस् दैव धोका दिन्याको।
No comments:
Post a Comment