धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।
कमलो छ मेरो मनको संरचना
चर्काएर गयौ प्रत्येक कुना कुना
लेखाजोखा छैन क्षति भयो कति
धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।
कसरी सकेको यत्ति प्रहार गर्न
गाह्रै पर्छ अब मर्मत संभार गर्न
माया त गरेको मैले सके जति
धुजा धुजा पार्यौ,अत्ति गर्यौ अत्ति।
No comments:
Post a Comment