"तेरो बाउ दलाल"
"तेरो बाउ देशद्रोही"
"तेरो बाउ एजेन्ट"
तिमी मलाई गाली गर
म तिमीलाई गाली गर्छु
तिमीहरु हाम्रो सैद्धान्तिक जग हल्लाऊ
हामी तिमीहरुको सैद्धान्तिक जग हल्लाउँछौं
आऊ
हामी एक-अर्कालाई दोषारोपण गरौं
आऊ
हामी सामाजिक सञ्जालको मैदानमा लडौं
ताकि हाम्रो एकै चिहान होस्।