म पानी ल्याउँछु
पानीले मलाई चिनाउँछ।
म औजार चलाउँछु
औजारले मेरो बस्ती,बाटो सुन्दर बनाउँछ।
म श्रम गर्छु,गराउँछु
भ्रम छर्दिन।
म ढुंगा बोक्छु,बोकाउँछु
ढुंगा हान्न सिकाउँदिन।
म ढुंगा बोक्छु
ढुंगाले मलाई बोक्छ
मेरो बिचार बोक्छ
सिद्धान्त बोक्छ
देश बोक्छ।
No comments:
Post a Comment