Wednesday, 15 October 2025

काँडा र फूल

काँडा निर्मम हुन्छ
बिषालु हुन्छ 
काँडा देखि डर लाग्छ
सजग भईन्छ
काँडाको प्रहार भयंकर हुन्छ 
तर दुखाइ क्षणिक 
बिर्सन सकिन्छ।

फूल कोमल हुन्छ
सुगन्धित हुन्छ
फूल देखि कुनै डर लाग्दैन
नजिक भईन्छ
फूलको प्रहार नरम जस्तो त हुन्छ
तर मुटुमै हान्छ 
दुखाइ भयंकर र चीर हुन्छ
कहिल्यै बिर्सन सकिन्न।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...