नाच्दै र गाउँदै म आको,शेर्पिनी तिरै दिल गाको
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
कान्छा त के साह्रो पात्तेको,बैशले हो कि मात्तेको
मर्दले जसरी आँटेको,साँच्चिकै हो कि ढाँटेको
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
चानचुने पैसा गन्दिन,फासफुसे कुरा जान्दिन
नलगिकन त जाँदिन,सल्लाले माने त तान्दिन
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
पढाइ लेखाइ जिरो छ,अकबरे जस्तै पिरो छ
केटीको भने किरो छ,मान्छे त फेरि हिरो छ
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
चल्दैन तिम्रो बहाना,तिमीलाई पाउने चाहना
गर्नुछ पूरा सपना ,किनेर दिउँला गहना
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
गर्नुछ आफैं प्रगति ,चाहिन्न तिम्रो सम्पत्ति
चाहियो चोखो पिरती,मिलेको हाम्रो दम्पति
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
खाएर हुर्केको पिठो म,पौरखी छु नि ठिटो म
आफ्नो बनाउँछु छिटो म,राखेर ज्यानै धितो म
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
चाहिन्न धेरै सुख त, सहन्छु बरु दु:ख त
तिमीलाई पाए अब त रहन्छु भएर ढुक्क म
चौंरीको छुर्पी कुटुक्कै
तिम्रो र मेरो मन मिल्यो,जाऔं बरु याम्बु सुटुक्कै।
No comments:
Post a Comment