Tuesday, 25 November 2025

कालो कालो

कालो कालो लामो नागबेली केश
काखैमा आएर बसे हुन्थ्यो बेश
आँखा झिमिक्कै
कम्मर टिमिक्कै।

मुडे बाट हेर्दा हिमाल हाँसेको
हिमाल भन्दा बेशी कान्छी हाँसेको
टपै टिलिक्क
हेर्यौ पिलिक्क।

काउकुती लाग्यो नितम्बको स्पर्श 
बढ्न थाल्यो कस्तो उन्माद र हर्ष
पालिस दलेको
मुहार बलेको।

परिचय छैन कहाँ को हो नि
अनायसै लाग्यो अनौठो मोहनी 
ज्यानै तनक्क 
फर्क्यौ फनक्क।

निदाएको होकि स्वाङ पारेको
आँखा मारेको कि माया सारेको
गाडी घ्याचक्कै
कान्छी थचक्कै।

ड्राइभरले ब्रेक पनि फेरि लाए हुने
ब्रेककै तालमा कान्छी काख आए हुने
हावा सरर
कपाल फरर।

मह जस्तो बोली,फूल जस्तो मुस्कान 
बोल दिल खोली,कुनै लाज नमान
जिरी बजार
झर्न हतार।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...