Sunday, 18 May 2025

गच्याङमच्याङ

आफ्नै मुटु ठानेर जिन्दगी ठानेर
सर्वस्व नै गुमाएँ  सारथी मानेर 
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

सजाइदिएँ तिमीलाई देब्रे यो छातीमै
निस्क्यौ तिमी आखिर विश्वासघाती नै 
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

चौतारीको छेवैमा सुहाको वरपिपल
तिमी साथमा भएर थियो नि मन शित्तल
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

तिमी मदन म मुना दिएर उदाहरण 
गर्यौ किन आफैंले मायाको अपहरण 
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

बर्षौंसम्म गरेको तपस्या मायामा
छल गरेर किन हो पार्यौ त छायाँमा
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

कच्याककुच्युक बनायौ मायाको संसार
यो मुटुमा गरेर हजारौं प्रहार 
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

झर्याप झुरुप नपार फुटेको शिशा झैं
तिमी भयौ माथि नै हुन्छु म निचा नै
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

गल्तीहरु भएका पुराना मेटेर
शुरु गरौं नयाँ यो कहानी लेखेर 
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

सही हुन्न कोही पनि सय नै सयमा
अघि बढ्छ जिन्दगी सम्झौता भएमा
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।

बिर्सी दिउँ बितेका पुराना कुरालाई
अघि बढौं सम्झेर मायाका कुरालाई
गज्याङ-मज्याङ भयो जिन्दगी 
लाएर पिरती होs लाएर पिरती।








No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...