Sunday, 25 May 2025

आकाश साक्षी छ

मैले त माया लाएको हैन हेरेर अनुहार
ओइलिने छैन यो हाम्रो माया हुनेछ सदावहार
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

लाईरहन्छु पिरती चोखो रहुञ्जेल मेरो सास
अमर माया हुनेछ सदा भए नि मेरो लास 
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

सुनको चुरा सक्दिन दिन हीराको गहना
अधुरा हुन सक्दछन् तिम्रा हजारौं चाहना
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

चाहिन्न चुरा चाहिन्न हीरा चाहिन्न सम्पत्ति 
सम्पत्ति भन्नु क्यै पनि होइन मायाको अगाडि 
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

राखिन्न शर्त हुँदैन स्वार्थ पवित्र मायामा
म  माया गर्छु बरर गोली ठोके नि छातीमा 
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

अनेकौं पीडा सहन सक्छु तिमीलाई पाउन
अनन्त बाधा छिचोल्न सक्छु तिमीलाई पाउन
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

कलिको युगमा पिरती हाम्रो नमुना हुनेछ
नरहे पनि शरीर हाम्रो संसारले सुन्नेछ
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

भूगोलले छेक्न सक्दैन प्रेमलाई न छेक्छ जातले
विश्वासले फुल्छ त्यागले फल्छ फस्ट्याउँछ साथले
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

तिमीले भने जे पनि गर्छु विष पनि पिइदिन्छु
कथाले मागे मायाको लागि ज्यान पनि दिइदिन्छु
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

मायाले प्यारा जीवन दिन्छ जीवन लिंदैन
साँचो मायामा यत्ति र उत्ति हिसाब हुँदैन
आकाश साक्षी छ हो$$ धर्ती साक्षी छ
तिमीले सोचेको भन्दा त यो माया धेरै माथी छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...