Friday, 30 May 2025

पिंजडामा

पिजडामा थुनी राखें वनचरीलाई
कसरी पो थुन्ने होला मनचरीलाई
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

आफ्नो वशमा छैन आफैं कसले रोक्ने हो
माया जोख्ने यन्त्र छैन केले जोख्ने हो
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

भिडियो कलको भरमा चित्त बुझाउँ कसरी
कल्पनाको साथ लिई तड्पिनु कति
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।
 
चाहनाको सहिद भयो दूरी टाढा भो
नजिक भए रंगीन हुन्थ्यो आज सादा भो
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

आँधीबेहरी आईदिन्छ यादहरुको
हिसाब छैन आधाकल्चो रातहरुको
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

तीर्खा लाग्दा आँसु पिउने बानी पार्दैछु
मनको इच्छा मनभित्रै मारी बाँच्दैछु
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

जहाज चढी आउन मन छ एकैछिनमा 
उत्थल उत्थल हुन्छ मन छिनको छिनमा
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।

सपनाको बलिदानी रहेछ जिन्दगी 
छातीभित्रै बन्धकीमा हुन्छ पिरती
मनको खानीमा के छ मनको खानीमा
रुँदा रुँदै हाँस्नुपर्छ जिन्दागानीमा।



No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...