Tuesday, 6 May 2025

लाली ओठमा

बर्णन गर्ने शब्द छैन तिम्रो रुपमा 
जून तारा फिक्का हुन्छ तिम्रो उपमा
लाली ओठमा हो हो लाली ओठमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

दिलको राजा यस्तो भनी गरें कल्पना 
आज मेरो पूरा भयो सबै चाहना 
कालो कोटमा हो हो कालो कोटमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

आकाश भन्दा फराकिलो हाम्रो माया छ
महासागर भन्दा गहिरो हाम्रो माया छ
लाली ओठमा हो हो लाली ओठमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

जोडिएको सम्बन्ध हो मन र मनमा
अल्झिदैन चोखो माया तन र धनमा
कालो कोटमा हो हो कालो कोटमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

आधा थिएँ तिमी आयौ जीवन भो पूरा 
सुन चाँदी हीरा मोती जाबो के कुरा 
लाली ओठमा हो हो लाली ओठमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

विश्वास लाग्दै लाग्दैन ती पुराना कथा 
अमर होला बरु हाम्रो प्रीतिको कथा 
कालो कोटमा हो हो कालो कोटमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

हाँस्न,रम्न तिमीले नै बाँच्न सिकायौ
रंग बिहिन जिन्दगीमा रंग मिसायौ 
लाली ओठमा हो हो लाली ओठमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

एक अर्कालाई सम्झिएर रुन नपरोस् 
सयौं जूनी सम्म अलग हुन नपरोस्
कालो कोटमा हो हो कालो कोटमा
मलम बनी आयौ तिमी लाखौ चोटमा।

















No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...