बोल तिमी कति बोल्छौ झुट
जवानी मेरो कति लुट्छौ लूट।
मकैको घान सरि भाको छु म
यौनरुपी तापमा भट्भटी भुट।
दिउसै रात भाको छ आज
कति लुट्छौ अब देउ छूट।
सिसा झैं चर्काइदियौ मलाई
दैबले दिन्नन तिमी लाई छूट।
बोल तिमी कति बोल्छौ झुट
जवानी मेरो जति लुट्छौ लूट।
Monday, 29 June 2015
बोल तिमी
Sunday, 28 June 2015
चौबन्दी चोली
चौबन्दी चोलीले
मायाको बोलीले ।
भुत्तुक्कै पार्यो मलाई
नजरैको गोलीले।।
उर्लेको खोलीले
माली गाई बगायो।
चन्चले कान्छीले
झिल्के लाई फकायो।।
चौबन्दी------
कान्छी कै याद्ले
मलाई सतायो।
हेर्दा हेर्दै झिल्केले
नौ डाडा कटायो।।
चौबन्दी चोलीले-----------
Saturday, 27 June 2015
लाने हो
कहाँ बाट आयौ तिमी
कहाँ सम्म जाने हो।
हित्त चित्त मिलेमा
मेरो घर लाने हो।।
मिठो अनि मसिनो
जे छ खाने हो।
जान्छौ जान्नौ भनिदेउ
नत्र तानी लाने हो।।
Thursday, 25 June 2015
पाइलाहरु
गैती लिइ चट्टान फोर्दै
कलम लिइ २/४ शब्द कोर्दै
शब्दमा शब्द जोड्दै
जीवन लाई साहित्यतिर मोड्दै
कुसंगत र कुलत छोड्दै
बिकृती र बिसङ्गति तोड्दै,
पाइलाहरु चाल्नुछ निरन्तर----------------
Friday, 19 June 2015
जल्दैछु म
निस्ठुरीको मायाको रापमा जल्दैछु म
झुटै झुटो सन्सारको स्रापमा गल्दैछु म।
कहाँ पुगिन्छ केही थाहा छैन मलाई
यात्रामा निस्केको एक यात्री चल्दैछु म।
लड्दै र पछारिदै संघर्ष गर्दैछु
आधी हुरी बीच दीयो भई बल्दैछु म।
सङ्गत गुणको मान्छे, बीउ गुणको फल
पाप र अधर्म बाट सक्दो छल्दैछु म।
एकान्तमा टोलाउदै बिर्सन्छु अतीत लाइ
फुल्दैछु म फुल भै; अनि फल्दैछु म ।
Friday, 12 June 2015
आकाशकी परी
आकशकी परी तिमी धर्तीमा झर्यौ
रित्तो यो जीवनमा मायाले भर्यौ।
सयौ जुनि सम्म यस्तै माया गरिराख
जिन्दगीका खोला हरु संगै मिली तरिराख।
Tuesday, 9 June 2015
जिबन यात्रा
जिबनको यात्रामा
चर्केको घाउ सेकेको छु।
फेरि एकचोटी
सफलताको शिखरमा टेकेको छु।।
फेरि एकचोटी
मीठो सपना देखेको छु।
अन्तमा यो जीवन
तिम्रै नाममा लेखेको छु।।
प्रीतिको गीत
केटा: दु:खको गीत गाउदैछु
चोखो माया मुटुमा साचेर
तिमी लाई भेट्न छिट्टै आउदैछु।
केटि: मेलापात दिनै धाउदैछु
मलाई सम्झी फर्केर आउ माया
मैले धेरै दु:ख पाउदैछु।
केटा: रुदैछु म बिगतको दिन सम्झी
पागलै छु साहुको रिन सम्झी ।
दु:खको ---------------
केटी :दु:ख सुख मिलेर बाचौला
पीर ब्यथा भुलेर हसौला।
मेलापात---------
केटा: भिसा नसकी म आउन पाउदिन
रिन नतिरी म घर आउदिन।
दु:खको गीत•••••••••••••
केटी: दु:खले जीउ सुकेर गैसक्यो
तिम्रै पीरले यो मुटु खाइसक्यो।
मेलापात --------------
केटा: दु:खको गीत गाउदैछु••••••
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...