Sunday, 28 June 2015

चौबन्दी चोली

चौबन्दी चोलीले
मायाको बोलीले ।
भुत्तुक्कै पार्यो मलाई
नजरैको गोलीले।।

उर्लेको खोलीले
माली गाई बगायो।
चन्चले कान्छीले
झिल्के लाई फकायो।।
चौबन्दी------

कान्छी कै याद्ले
मलाई सतायो।
हेर्दा हेर्दै झिल्केले
नौ डाडा कटायो।।
चौबन्दी चोलीले-----------

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।