Friday, 19 June 2015

जल्दैछु म

निस्ठुरीको मायाको रापमा जल्दैछु म
झुटै झुटो सन्सारको स्रापमा गल्दैछु म।

कहाँ पुगिन्छ केही थाहा छैन मलाई
यात्रामा निस्केको एक यात्री चल्दैछु म।

लड्दै र पछारिदै संघर्ष गर्दैछु
आधी हुरी बीच दीयो भई बल्दैछु म।

सङ्गत गुणको मान्छे, बीउ गुणको फल 
पाप र अधर्म बाट सक्दो छल्दैछु म।

एकान्तमा टोलाउदै बिर्सन्छु अतीत लाइ
फुल्दैछु म फुल भै; अनि फल्दैछु म ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।