भित्र रोई बाहिर हाँसिरहेको मान्छे म।
यथार्थमा कहाँ हुन्छ देखिएको जस्तो
भोग्नेलाई थाहा हुन्छ कहाँ दुख्छ कस्तो
व्यथा बोकी अनौठो नाचिरहेको मान्छे म
भित्र रोई बाहिर हाँसिरहेको मान्छे म।
पोख्नैपर्छ भन्ने छैन जिन्दगीको कथा
रहस्यमै हुने गर्छ कतिपय कथा
आहा भन्दै अरुले घसृरहेको मान्छे म
भित्र रोई बाहिर हाँसिरहेको मान्छे म।
No comments:
Post a Comment