Thursday, 31 December 2015

नयाँ बर्ष तिमी

मीठो सप्ना देख्न देउ नयाँ बर्ष तिमी
मनको कुरा लेख्न देउ नयाँ बर्ष तिमी।

आइपरेका बाधा अनि अड्चनहरुलाई
हासी-हासी छेक्न देउ नयाँ बर्ष तिमी।

समस्या संग जुधेर भारी भो जिन्दगी
भारी लाई थेग्न देउ नयाँ बर्ष तिमी।

चिथोरेर रगतम्य बनायो सोह्रले
आलो घाउ सेक्न देउ नयाँ बर्ष तिमी।

चढ्दै,लड्दै,चढ्दै,लड्दै यहाँ सम्म पुगें
शिखरमा टेक्न देउ नयाँ बर्ष तिमी।

Wednesday, 30 December 2015

बेकार रहेछ

पैसा विना सबै कुरा बेकार रहेछ
आखिरीमा साहित्य नि बेपार रहेछ।

मौरीहरु मीठो धुनमा भुन्भुनाई क्यार्नु
मह विना घार पनि के घार रहेछ।

जिते पनि हजारौं ती युद्ध हरु यहाँ
कठै जिन्दगी आफैंमा यो हार रहेछ।

उपहारै ठानेको थे मनुष्यको चोला
उखेलेर फालिएको पो झार रहेछ।

गरे पनि हासी,मजाक मिलनमा रमी
रोई रोई विदा हुनु नै सार रहेछ।

Wednesday, 23 December 2015

हास्नु कति मैले

बनावटी हासो हरु हास्नु कति मैले
एकोहोरो उनी तिर टास्नु कति मैले।

यो दु:खीको याद गर्ने कोही नि भएन
संझनाका थुगाहरु गास्नु कति मैले।

डुबे पछि बचाउने कमै हुन्छन् यहाँ
पिरतीको गहिराइमा भास्नु कति मैले।

टुक्रिएको मुटु बोकी कतिन्जेल बाच्नु
निस्ठुरीको यादमा मुटु मास्नु कति मैले।

सकिएन खुशी पार्न कसै गरि पनि
मनाउन उनी लाई नाच्नु कति मैले।

Tuesday, 22 December 2015

तुसारापात भए पछि

गरिएको आशा माथी तुसारापात भए पछि
आफ्नै भन्ने बाट घात र प्रतिघात भए पछि

जस्ले अरु माथी दोष थुपारे देश द्रोहीको
मातृभुमी सुम्पिदिने उसैको हात भए पछि।

उज्यालोको आशा गर्दा सुनौला दिन हरुमा
अनायसै दिन पनि अधेरी रात भए पछि।

बसन्तको बहारमा रमाउने थियो सप्ना
तर आज शिशिर झैं अति उराठ भए पछि।

बाहिर त हेर्दा खेरी अहो कति सुन्दर छ
यथार्थमा देखाउने हात्तीको दात भए पछि।

Monday, 21 December 2015

पछि आयौ

आशक्त हात चले पछि आयौ
आशाको दियो जले पछि आयौ।

आएनौ तिमी बिस्वास निभ्दा त
फेरि यो आगो बले पछि आयौ।

यो फुल झर्दा छोडी गयौ चट्टै
म भित्र फल फले पछि आयौ।

मैले भनेकै थिए नमातिनु
आफ्नो शरीर गले पछि आयौ।

घमण्ड गर्थ्यौ आफ्नो जवानीको
आज जवानी ढले पछि आयौ।

Sunday, 20 December 2015

फरक भयो

हिजो देखि तिम्रो मेरो बाटो फरक भयो
तिमीले र मैले टेक्ने माटो फरक भयो।

तिमी लाई दुख्दा खेरी दुख्दैन मलाई
चहराउने घाउको नि खाटो फरक भयो।

पुग्यौ तिमी महलमा म त दु:खमै छु
अब हाम्रो जिन्दगीको पाटो फरक भयो।

अस्ति सम्म थियो एकै थाल अनि भात
मुछिने ती खाना अनि आटो फरक भयो।

बन्धनमा बाधिएका थ्यौ एकै डोरीमा
याद राख मायाको त्यो गाठो फरक भयो।

Thursday, 17 December 2015

थोरै चोरी हेर

धेरै हैन गजल थोरै चोरी हेर
सके सम्म आफैं शब्द जोरी हेर।

एक्चोटी नभए अर्को चोटि होला
निरन्तर लागी केही कोरी हेर।

शब्द फुर्न लाई कहिले काहीँ त
कोही कसैको ती च्वाँक छोरी हेर।

अँध्यारो छोडेर उज्यालोमा निस्की
ढकमक्क फुलेको त्यो तोरी हेर।

पुरुषको संसार बाट टाढा गई
स्वर्गकी अप्सरा,परी मोरी हेर।

Tuesday, 15 December 2015

डोली फेरी गयौ

मेरो सिन्दूर लताएर डोली फेरी गयौ
माया गर्छु भन्ने तिम्रो बोली फेरी गयौ।

यहाँको यो सङ्लो पानी धमिलो बनाई
पराईको घर जान खोली फेरी गयौ।

नेपालीको पहिरन तिम्लाई पचेन
तडक्भडक हुन लाई चोली फेरी गयौ।

तिमी दुखी हुँदा खेरी सुखी बनाको थे
तर आज खुशीको यो होली फेरी गयौ।

थोरै पैसाले पुगेन,धेरैको खोजीमा
धन भर्ने पुरानो त्यो झोली फेरी गयौ।

Sunday, 13 December 2015

हलचल आएको छ

तिम्रो रुप देखि यता हलचल आएको छ
मलाइ देखि मुस्कुराउदा केही बल आएको छ।

हिड्दै जादा मेरो मन निकै माथी पुगेको थ्यो
तिमी देख्दा पापी मन अलि तल आएको छ।

वसन्त झैं हरियाली हजुरको जिन्दागानी
यस्तो लाग्यो मेरो पनि मीठो पल आएको छ।

परी जस्ती मोरी संग यौवनका खेल हरु
संझिदा नै पसिना पो खलखल आएको छ।

औंसी जस्तो थियो जीवन मायालुको अभावमा
चन्द्रमा झैं तिमी आयौ झलमल आएको छ।

Friday, 11 December 2015

फर्की हेर्नू

माया मारी गए पनि फर्की हेर्नू प्रिय
यो दु:ख बिर्सी सुखको सास फेर्नु प्रिय।

चटक्कै नभुल्नु सधैं,कहिले सम्झिनु
मलाइ सम्झी कही कतै नाम केर्नु प्रिय।

म त सधैं तिम्लाइ माया गरि रहनेछु
अरु सित अगालोमा तिमी बेर्नु प्रिय।

भन्दिन म मलाइ भेट्नु टाढा गए पछि
तर पनि सम्झनाले मलाइ घेर्नु प्रिय।

नजाउ भन्दा मानिनौ त मैले तिमी लाई
तर उस्को कुरा भने सधैं टेर्नु प्रिय।

हास्दै जानू

मैले देको चोखो माया मास्दै जानू तिमी
रोई रन्छु म त सम्झी हास्दै जानू तिमी।

भुली दिनु यो दुखीलाइ सुख खोज्दै जानू
मलाई छोडी पराइ संग टास्दै जानू तिमी।

छोडी दियौ मेरो साथ स्वार्थी रैछौ तिमी
खुशी हुँदै अन्तै नाता गास्दै जानू तिमी।

फेरी कतै भेट्यो भने यो मन पग्लन्छ
यहाँ देखि धेरै टाढा भास्दै जानू तिमी।

दु:खको नै भुमरीमा थियौ म संग त
जानू अब खुशी हुँदै नाच्दै जानू तिमी।

Thursday, 10 December 2015

कुनै पार्टी लाई

भोट दिई फाइदा छैन कुनै पार्टी लाई
राहत,कोटा ती नेताका छोरा-नाति लाई।

भोट माग्दै घर घरमा आउने सबै लाई
लात मारी निकालिन्छ जुनै बादी लाई।

दिन्न भोट कसै लाई यो मेरो वादा हो
चाहे गोली ठोकी देउ मेरो छाती लाई।

जाली माया देखाउदैछ पूर्व-दरबारीया
कस्तो आशा गर्नु र खै बिस्वासघाती लाई।

देश टुक्याउने खेलमा रास्ट्रघाती हरु
मुद्धा बनाएका छन् ती बिशेष जाती लाई।

भाग्न मन

भाग्न मन लाग्छ आफ्नै छाया देखि टाढा
संसारको जाली,झूटो माया देखि टाढा ।

दयाको त नामै छैन आज मान्छे भित्र
सर्यो क्यारे मुटु पनि बायाँ देखि टाढा।

आट्या काम पूरा हुन्न सधैं अधुरो नै
चन्द्र पनि पुगे जस्तो दायाँ देखि टाढा।

डराउनु पर्ने हुन्छ मान्छे देखि मान्छे
जाउ लाग्छ मान्छेको नै काया देखि टाढा ।

चाया जस्तै सताउछ निस्ठुरीको यादले
जान सक्या छैन अझै चाया देखि टाढा।

जालमा पार्यौ

आफैं बैँशले मातेर माया जालमा पार्यौ
समाजले प्रश्न गर्दा मलाइ गालमा पार्यौ।

दोबाटोमा लगी छोड्यौ बिरानो ठाउँमा
सधैं साथ दिन्छु भनेर बेहालमा पार्यौ।

सिचाइ गर्ने नहर काटी सुख्खा पारी दियौ
हराभरा जिन्दगी लाई अनिकालमा पार्यौ।

स्वर्ग जस्तै संसारमा लगी जान्छु भनी
जबर्जस्ती धकेलेर किन छालमा पार्यौ।

Wednesday, 9 December 2015

कर गरिदैन

आँखा तरी जाने लाई कर गरिदैन
माया मारी जाने लाई भर गरिदैन।

बिस्वासमा अढ्या हुन्छ मायाको संसार
बिस्वासघात गर्ने संग घर गरिदैन।

त्यति कठोर नि छैन यो केटोको मन
माया गर्ने मान्छे लाई पर गरिदैन।

आई लाग्यो भने कोही जाई नै लागिन्छ
आफ्नो बाटो हिडी दिन्छु डर गरिदैन।

मायाको प्यालामा बिष घोल्ने हरु लाई
कुनै पनि हालतमा कदर गरिदैन।

Tuesday, 8 December 2015

दर्शन चाहियो

अति भयो हजुरको दर्शन चाहियो
मधुर त्यो बोली अनि वचन चाहियो।

तिमी भन्नू मेरो जीवन र मेरो मुटु हौ
धक्धक गरि धड्किने धड्कन चाहियो।

शिशिर छ यो जिन्दगी तिम्रो अभावमा
वसन्त झैं तिम्रो तन र मन चाहियो।

मिलन र बिछोड त भैरहन्छ यहाँ
कहिल्यै नि नछुटिने बन्धन चाहियो।

उडौ हामी माथी माथी स्वतन्त्र भएर
हाम्रो जोडी रम्ने सुन्दर गगन चाहियो।

Monday, 7 December 2015

बिना आधार

बिना कुनै प्रमाण,बिना आधार हरु
गरि दियौ त्यसै झुटा प्रचार हरु।

बहि दिन्छौ किन भावनामा तिमी
भावनाको हुन्न कुनै आकार हरु।

मेरो चरित्रको हत्या गर्न खोज्यौ
प्रकट गरि दिन्छु हार्दिक आभार हरु।

माया गर्छु भन्थ्यौ सबै भन्दा धेरै
परिवर्तन भए आज व्यवहार हरु।

तिम्रो दिल भित्र बन्दी भाको थिए
सकि सकेको छ आज करार हरु।

नाकाबन्दी

पहाड र मधेसको बारे हुँदा राजनीति
जनताले दु:ख पाए यति धेरै,विना सित्ती।

संविधान आयो तर देशमा शान्ति आएन
जे सोचेका थियौं हाम्ले त्यस्तो त हुँदै भएन।

शेर्पावान,लिम्बुवान,कोही लाई तमुवान
चाहियो भन्छन् सबैले के भयो हे भगवान।

मधेसीले आगो बाले, मागेर आफ्नै प्रदेश
नाकाबन्दी हुँदा आज बिग्र्यो हाम्रो परिबेश।

इन्धन, औषधि छैन,मचिदैछ हाहाकार
कानमा बुचो लाएर बसिरछ सरकार।

एक,दुई दिन हैन महिनौं भयो यो बन्द
यो बन्दको बिरुद्धमा छैन आवाज बुलन्द।

भुपरिबेस्ठित हाम्रो समुद्रविहिन्  नेपाल
दक्षिणी त्यो सिमानामा नाकाबन्दीको बबाल।

दाउरा बाल्न थाले ती शहर र बजारमा
परेको छ आज यहाँ मानवता संकटमा।

वार्ता हुन्छ दिनदिनै सफल चाहिँ हुदैन
देशमा शान्तिको दिन अझै पनि आको छैन।

सरकारले बिकल्प अब नयाँ खोज्नु पर्छ
जनताको हितमा नै कुनै बाटो रोज्नु पर्छ।

Sunday, 6 December 2015

तिम्रो मेरो शहर

तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
मिलनको नौलो प्रहर, रहरमै सिमित भयो।

दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो।

सिउदोमा सिन्दूर हाली,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो।

न त मैले जिउन सके,न त चट्टै मर्न सके
पिउने बिसालु जहर,रहरमै सिमित भयो।

तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
मिलनको नौलो प्रहर,रहरमै सिमित भयो।

Friday, 4 December 2015

सम्बन्ध

बेटी र रोटीको सम्बन्ध
टोपी र धोतीको सम्बन्ध।

जनता भ्रममा नै रहेछन्
ओली र मोदीको सम्बन्ध।

नेपाल र भारतको बीचमा
खै उच्च-कोटीको सम्बन्ध।

ओली र बिद्याको सम्बन्ध
भाले र पोथीको सम्बन्ध।

भन्दिन म तिम्रो र मेरो
ती धेरै चोटीको सम्बन्ध।

कहिले पो होला र हाम्रो
हीरा र मोतीको सम्बन्ध।

Thursday, 3 December 2015

साहित्यिक भयो

अनायसै आज केटो साहित्यिक भयो
थाहा छैन ठीक भयो कि बेठीक भयो।

मनले मात्र प्रेम गरी जीवन चल्छ र?
तिमी भन्छौ मेरो प्रेम शारीरिक भयो।

हिजो जे जे गरे पनि स्वीकारै थियो
आज चाहिँ यो कसरी अनैतिक भयो?

गोप्य थिए सबै कुरा,ब्यक्तिगत थियो
आफैं हल्ला फिजाएर सामाजिक भयो।

दोस दियौ मेरो नियत,व्यवहार लाई
एउटै कारण तिम्रो लागि आर्थिक भयो

मनको व्यथा लेख्दैछु म,सुनुवाइ भएन
तिम्रै कुरा सुन्ने हरु अत्याधिक भयो।

गजल गाउन खोज्दा

गजल गाउन खोज्दा बक्बक बनी दियो
मेरो जीवन कथा रोचक बनी दियो।

पाइला चाल्दै छु म लक्ष्य भेट्न लाई
सफल हुन प्रयास अथक बनी दियो।

खुशी राख्न खोज्दा सधैं उनी लाई
आज आफ्नै जीवन बन्धक बनी दियो।

आरोह,अबरोह भयो पिरतीमा
यहीँ सफलताको कारक बनी दियो।

कैले चौका हाने, कैले छक्का हाने
यसैले मायामा शतक बनी दियो।

द्धीप हु म

अध्यारोमा चम्की दिने चम्किलो द्धीप हु म
मनको धनी जरुर छु म,धनको गरीब हु म।

माया लाको छैन कतै,तन देको छैन
तिम्ले कस्तो सोची दियौ अति सरीफ हु म

प्रेमरुपी प्याला माथी माया पस्की दिदा
उल्टै नाइँ नास्ती गर्ने त्यस्तो अजीव हु म

आफ्नो लक्ष्य थाहा छैन,तैपनी हिन्दैछु
मसी सके पनि लेख्ने कलमको नीब हु म।

मनको भारी मेरो सामू नबिसाए हुन्छ
घाउमा लाउने मलम हैन,उल्टै तक्लीफ हु म

गस्ती गर्छौ तिमी

मेरो अंग अंग तिर गस्ती गर्छौ तिमी
हुन्न भन्दा पनि जबर्जस्ती गर्छौ तिमी।

मन भित्र हुन्छ माया,शरीरमा हुँदैन
मेरो चाहना बिपरित मस्ती गर्छौ तिमी।

कहाँ थियो र गन्तव्य, आज यही रोक्यौ
मेरो दिलको शहरमा बस्ती गर्छौ तिमी।

सत्तामा छु

दिलैको केन्द्रीय सत्तामा छु म
तर पनि विना भत्तामा छु म।

कुनै चाल चाल्ने कोसिस नगर
पुलिस र सेनाको जत्थामा छु म।

सिंगो विरुवालाइ हात लिए पनि
फूल होइन अझै पत्तामा छु म।

छौ धेरै नशालु, नजिक हुदा नि
नचुसी फूलरस लट्ठामा छु म।

हात माथी उठाउ,स्वीकार हार
शक्ति,गोली अनि गट्ठामा छु म।

आतिनु पर्दैन तिमीले प्रिय
मनोरञ्जन अनि ठट्टामा छु म।

Tuesday, 1 December 2015

दारु पिए पछि

दु:ख पीडा दुर हुन्छ दारु पिए पछि
अचम्मको सुर हुन्छ दारु पिए पछि।

कल झगडा सुरु हुन्छ घर पस्दा पस्दै
बुढी रीसले चुर हुन्छ दारु पिए पछि।

धनको नास,बनबास हुन्छ जिन्दगीमा
असल जीवन झुर हुन्छ दारु पिए पछि।

खाना पनि चाहिदैन, ओढ्ने चाहिदैन
जाडोले थुर-थुर हुन्छ दारु पिए पछि।

बानी लागेपछि यस्को हरेक दिन चाइने
भट्टी छिर्न आतुर हुन्छ दारु पिए पछि।

कोसेली

मेरो साथी छुट्टी मानी आएको छ
कोसेली डल्ले खुर-सानी आएको छ।

आफूले त पाइन घर जान छुट्टी
सम्झेर आँखामा पानी आएको छ।

चिट्ठी पनि आ'छ कोसेली संग संगै
गाउँ घरको कुरा-कानी आएको छ।

फोटो पनि रै'छ आमा र छोराको
सम्झनामा मेरी रानी आएको छ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...