पैसा विना सबै कुरा बेकार रहेछ
आखिरीमा साहित्य नि बेपार रहेछ।
मौरीहरु मीठो धुनमा भुन्भुनाई क्यार्नु
मह विना घार पनि के घार रहेछ।
जिते पनि हजारौं ती युद्ध हरु यहाँ
कठै जिन्दगी आफैंमा यो हार रहेछ।
उपहारै ठानेको थे मनुष्यको चोला
उखेलेर फालिएको पो झार रहेछ।
गरे पनि हासी,मजाक मिलनमा रमी
रोई रोई विदा हुनु नै सार रहेछ।
No comments:
Post a Comment