Monday, 7 December 2015

नाकाबन्दी

पहाड र मधेसको बारे हुँदा राजनीति
जनताले दु:ख पाए यति धेरै,विना सित्ती।

संविधान आयो तर देशमा शान्ति आएन
जे सोचेका थियौं हाम्ले त्यस्तो त हुँदै भएन।

शेर्पावान,लिम्बुवान,कोही लाई तमुवान
चाहियो भन्छन् सबैले के भयो हे भगवान।

मधेसीले आगो बाले, मागेर आफ्नै प्रदेश
नाकाबन्दी हुँदा आज बिग्र्यो हाम्रो परिबेश।

इन्धन, औषधि छैन,मचिदैछ हाहाकार
कानमा बुचो लाएर बसिरछ सरकार।

एक,दुई दिन हैन महिनौं भयो यो बन्द
यो बन्दको बिरुद्धमा छैन आवाज बुलन्द।

भुपरिबेस्ठित हाम्रो समुद्रविहिन्  नेपाल
दक्षिणी त्यो सिमानामा नाकाबन्दीको बबाल।

दाउरा बाल्न थाले ती शहर र बजारमा
परेको छ आज यहाँ मानवता संकटमा।

वार्ता हुन्छ दिनदिनै सफल चाहिँ हुदैन
देशमा शान्तिको दिन अझै पनि आको छैन।

सरकारले बिकल्प अब नयाँ खोज्नु पर्छ
जनताको हितमा नै कुनै बाटो रोज्नु पर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...