आशक्त हात चले पछि आयौ
आशाको दियो जले पछि आयौ।
आएनौ तिमी बिस्वास निभ्दा त
फेरि यो आगो बले पछि आयौ।
यो फुल झर्दा छोडी गयौ चट्टै
म भित्र फल फले पछि आयौ।
मैले भनेकै थिए नमातिनु
आफ्नो शरीर गले पछि आयौ।
घमण्ड गर्थ्यौ आफ्नो जवानीको
आज जवानी ढले पछि आयौ।
No comments:
Post a Comment