अनायसै आज केटो साहित्यिक भयो
थाहा छैन ठीक भयो कि बेठीक भयो।
मनले मात्र प्रेम गरी जीवन चल्छ र?
तिमी भन्छौ मेरो प्रेम शारीरिक भयो।
हिजो जे जे गरे पनि स्वीकारै थियो
आज चाहिँ यो कसरी अनैतिक भयो?
गोप्य थिए सबै कुरा,ब्यक्तिगत थियो
आफैं हल्ला फिजाएर सामाजिक भयो।
दोस दियौ मेरो नियत,व्यवहार लाई
एउटै कारण तिम्रो लागि आर्थिक भयो
मनको व्यथा लेख्दैछु म,सुनुवाइ भएन
तिम्रै कुरा सुन्ने हरु अत्याधिक भयो।
No comments:
Post a Comment