हिजो देखि तिम्रो मेरो बाटो फरक भयो
तिमीले र मैले टेक्ने माटो फरक भयो।
तिमी लाई दुख्दा खेरी दुख्दैन मलाई
चहराउने घाउको नि खाटो फरक भयो।
पुग्यौ तिमी महलमा म त दु:खमै छु
अब हाम्रो जिन्दगीको पाटो फरक भयो।
अस्ति सम्म थियो एकै थाल अनि भात
मुछिने ती खाना अनि आटो फरक भयो।
बन्धनमा बाधिएका थ्यौ एकै डोरीमा
याद राख मायाको त्यो गाठो फरक भयो।
No comments:
Post a Comment