Thursday, 23 June 2016

झ्याई

कतै भेटे जस्तो लाग्छ याद भएन
जुधे होला आँखा कति बात भएन।

बिहे गर बाबु अब भन्छीन् आमाले
घर भित्र सघाउने साथ भएन।

बोलाउदा चड्कन लाउने मात्र भेटिए
माया गरी सुम्सुम्याउने हात भएन।

दिउसै स्वप्न देखे धेरै उनी संगको
यथार्तमा रंगिएको रात भएन।

सिन्दूर हाली लैजा भन्छे सीता मोरीले
झ्याई पारी भित्र्याउने औकात भएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...