असफल जिन्दगीमा तनाब धेरै छ
चारै तिर बाट यहाँ, दबाब धेरै छ।
जिन्दगी के हो भनेर सवाल एकै छ
केहो केहो यो जिन्दगी जबाफ धेरै छ।
मान्छे लाई जति हेरौं, चिन्न गाह्रो हुन्छ
पल पल फेरी हिन्ने नकाब धेरै छ।
असल मान्छे सकिन्छ औलामा गनेर
कति हो कति साथी खराब धेरै छ।
माङ लाई के भनेर सम्बोधन गर्छौ
मेरो कम साथी अनि सराब धेरै छ।
No comments:
Post a Comment