खेतीको विधि यहाँ परिमार्जन भएन
माना रोपेर पनि पाथी आर्जन भएन।
वीरेन्द्र र मदनको हत्या किन भयो
अहिलेसम्म रहस्यको उदघाटन भएन।
हत्या,हिंसा देशमा यसरी बढ्न थाल्यो
मान्छे मर्नु-मारिनुको कुनै कारण भएन।
नेपालमा स्वतन्त्रता कति सस्तिएको
जन्माएर फालियो,उस्को न्वारन भएन।
संसारमै हाम्रो देश मात्र यस्तो भयो
जहाँ साध्य जन्मियो तर साधन भएन।
No comments:
Post a Comment