माया साट्ने दौडानमा कति चोट खाएको छु
मायाको सट्टामा मैले धोकै धोका पाएको छु।
आबस्यकता पूरा गरी ढोका बाहिर धकेल्यौ
माघे चिसोमा छर्लङ्गै अधेरी कटाएको छु।
जुनै बेला चोरी होला पराई बाट यो मुटु
त्यसैले यो मुटु लाई छातीमा लुकाएको छु।
सिकेको छु मैले पनि अब कठोर हुन लाई
मेरो छाती वरिपरि काडे बार लाएको छु।
आईन्दा जानू पर्दैन यो मुटुको बाटो गरी
अन्तिम पल्ट चेतावनी लेखेर पठाएको छु।
No comments:
Post a Comment