Thursday, 30 June 2016

मान्छे किन्न

मान्छे किन्न नसक्नुमा कसुर मेरै थियो
किन्न सक्या भए तक्मा जरुर मेरै थियो।

खहरे झैं गड्गडाई तिमी उर्ली रह्यौ
ज्यु-ज्यु गरी बोल्ने बोली मधुर मेरै थियो।

खोक्रीएको मन्दिरले रोई रोई भन्छ
किन चोर्यौ ए मनुष्य गजुर मेरै थियो।

फकाएर स्वार्थ पूरा गरे पछि छोड्यौ
स्वार्थी तिम्रो प्रस्तावमा मन्जुर मेरै थियो।

नदी नाला बेची खायो जस्ले यो देशको
उहीँ भन्छ राष्ट्र प्रेम प्रचुर मेरै थियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...