Tuesday, 28 June 2016

कसम

बनी दिन्छु तिम्रो मान्छे, कसम बनी दिन्छु
दुई दिन हैन जनम जनम बनी दिन्छु।

अलिखित तिम्रा कथा छर्पस्टिएका छन्
सबै कथा लेखी दिने कलम बनी दिन्छु।

लर्खराए तिम्रा पाइला जिन्दगीको यात्रामा
द्रुत गतिमा चालिने कदम बनी दिन्छु।

हुन दिने छैन कतै अभाव जीवनमा
समस्यामा काम लाग्ने रकम बनी दिन्छु।

दु:ख-पीडा सक्तिन म हेर्न लाई तिम्रो
घाउ लाग्दा त्यो मनमा, मलम बनी दिन्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...