Thursday, 23 June 2016

काम छोडेर

साहित्य रचना गर्छु काम छोडेर
थाल भित्र पस्किएको माम छोडेर।

घन्टौं घन्टा कुर्नु पर्ने गाडीमै बसी
बरु पैदल हिडिदिन्छु जाम छोडेर।

कलियुग आएकै हो नियाली हेरौं
नत्र सीता कहाँ गई राम छोडेर।

पैसा हो कि प्रेम पत्र बुझ्न सकिन
नक्कलीले गएकी छे खाम छोडेर।

परिवर्तन आयो धेरै मेरो देशमा
शहर पस्न थाले सबै गाम छोडेर।

के काम गर्यो उसले अचम्म लाग्ने
आफू मरी विश्व सामू नाम छोडेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...