Monday, 18 February 2019

जंगल

मरुभूमिमय छ यो ठाउँ
पसिनाले सिंचिए पनि उर्वर हुनै सक्दैन
खडेरी लागिरहन्छ
मनसुनको अभाव खड्किरहन्छ
वसन्तको आगमन हुँदै हुन्न
शिशिर यामले ग्रस्त छ
त्यसैले चर्नै मान्दैनन् यहाँ हात्तीहरु
भएकाहरु पनि पलायन हुन्छन्
उराठलाग्दो छ मेरो गोजीको जंगल।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...