जुल्फी रंगाएर कान्छी जुल्फी हल्लाएर
ओठ चम्काएर कान्छी गाला चम्काएर
बैँस फुलाएर कान्छी बैँस फक्राएर
कम्मर मर्काइदेउ हे हे कम्मर मर्काइदेउ
जोवन लर्काइदेउ हो हो जोवन लर्काइदेउ।
नाकमा लाउने बुलकी नाइटोमा सरेछ
छोटो छोटो कपडा नि तल-तल झरेछ
उनको रुप देखेर झिल्के छक्क परेछ
हृदयघात भएर पुक्लुक्क मरेछ
मान्छे भन्दा हिल अग्लो हुन थाल्यो अब त
कोक भन्दै दारु पिउँदै रुन थाल्यो अब त।
चिकेन रोस्ट हाल कान्छा चिसो बियर हाल
बियर सियर नखानेलाई कडा रक्सी हाल
नडरा ए केटाहरु ग्वाम्म ग्वाम्म खाउ
पार्टीमा आए पछि झ्याम्म झ्याम्म खाउ
गीत बजाइदेउ ए होइ गीत बजाइदेउ
पार्टी तताइदेउ ए होइ पार्टी तताइदेउ।
साडी लाए पनि आन्टी कस्तो सेक्सी देखेको
छाती कम्मर नितम्बको कस्तो साइज मिलेको
मैच्याङ तिम्रो जिउडाल देख्दा आगो लाग्यो दिलैमा
भतभती पोल्न थाल्यो मलम लगाउ बेलैमा
गुन्यु चोली र फरिया लगाऊ न कसैले त
पार्टीमा नै राष्ट्रियता जगाऊ न कसले त।
नाच नाच अंकलहरु भुँडी फर्काइ नाच
नाच नाच आन्टीहरु जे जे फर्काइ नाच
थरी थरी चरीहरु रंगीन छ यो रात
नाच नाच छप्कीहरु नमानेर लाज
खाउ खाउ जे जे खान्छौ तर चुम्म नखाउ
गिलास बोतल समाए नि अन्त नसमाउ।
No comments:
Post a Comment