Sunday, 16 February 2025

लुकेर त्यसरी नहेर

लुकेर त्यसरी नहेर 
पिरती बस्न बेर छैन 
कपाल खैरो पारेर 
त्यही माथी चश्मा राखेर
कान्छीले मस्केर हेरदिंदा मेरो त मनै चोरी भो
कान्छीले मस्केर हेरदिंदा मेरो त मनै चोरी भो।

तरुनी देख्नै नहुने
आँखा झिम्काइहाल्ने 
कानमा मुन्द्री झुन्ड्याई 
छातीमा ट्याटु बनाई 
कान्छाले आँखा झिम्काउँदा लाजले नजर झुकियो
कान्छाले आँखा झिम्काउँदा लाजले नजर झुकियो

केटीलाई केटा चाहिने
केटालाई केटी चाहिने 
ओठमा लाली पोतेर 
गालामा पाउडर धसेर 
कान्छीले कम्मर मर्काउँदा केटो साह्रै फिदा भो
कान्छीले कम्मर मर्काउँदा केटो साह्रै फिदा भो।


दूधको साक्षी बिरालो
केटाको जातै उताउलो 
कपाल ठाडो पारेर 
ठाउँठाउँमा पाईन्ट काटेर 
कान्छाले बाटो छेकदिंदा यो मन साह्रै डरायो 
कान्छाले बाटो छेकदिंदा यो मन साह्रै डरायो।

लाएको माया क्या मीठो
चोरेको माया झन् मीठो 
हिल जुत्ता अग्लो लगाई 
हापपाईन्ट छोटो लगाई 
कान्छीले सेल्फी हान्दा त मपनि संगै आउँ क्या हो
कान्छीले सेल्फी हान्दा त मपनि संगै आउँ क्या हो

होस् गर चिल्लो घस्ला नि
ख्यालैमा माया बस्ला नि
टकटक जिब्रो पड्काई  
बाटोमा तरुनी जिस्क्याई 
कान्छाले बुलेट चलाउँदा मन मेरो भयो हल्चल
कान्छाले बुलेट चलाउँदा मन मेरो भयो हल्चल।

झूटो त बोल्दैन कान्छाले
संसार चल्ने हो मायाले 
केटालाई देखेर मस्किने 
उमेर नपुग्दै लब गर्ने 
केटीको नाटक देखेर अचम्म लाग्छ कहिलेकाही
केटीको नाटक देखेर अचम्म लाग्छ कहिलेकाही।

अचेल केटा हरामी छ 
चाखेर हिंड्ने बानी छ 
झूटो आशा देखाउने 
धेरै केटी खेलाउने 
केटाले प्रोपोज गर्दा त सात्तो नै जान्छ मेरो त 
केटाले प्रोपोज गर्दा त सात्तो नै जान्छ मेरो त।

केटीले फुई लाउनु पर्दैन
बि एफ बिना त बाँच्दैन
महङ्गो सामान चिन्दिने 
सपिङ गराउँदै हिन्दिने 
केटीको कला देखेर अचम्म लाग्छ मलाई त 
केटीको कला देखेर अचम्म लाग्छ मलाई त।

तिमी नि उस्तै म उस्तै 
भेट भयो आज दुरुस्तै
धेरैलाई माया नगर्नु  
कसैलाई धोका नदिनु  
धोकै धोकाको संसारमा पिरती गाँस्न डर लाग्छ 
धोकै धोकाको संसारमा पिरती गाँस्न डर लाग्छ।

तिमी त काली म काले
मिलेर आज खाउँ भाले
अरु लाई मन नदिनु 
अरु लाई तन नदिनु 
तिमी त मेरो म तिम्रो भएर बाँचौं केको डर
तिमी त मेरो म तिम्रो भएर बाँचौं केको डर।


वरलाई सुहाउने पिपलु
मन चोर्न रैहेछौ सिपालु
कसैले सिकाउनु पर्दैन 
त्यस्तो त केटी म हैन 
जवानी चोखो छ भन्ने तिम्रो नि प्रमाण के छ र 
जवानी चोखो छ भन्ने तिम्रो नि प्रमाण के छ र।

खोलामा माछाले लेउ खायो  
मायाले कलेजी छेउ खायो
तिमी नै मेरो ढुकढुकी 
तिमी नै मेरो जिन्दगी 
देखाउन मिल्ने भए त चिरेर दिन्थें यो छाती 
देखाउन मिल्ने भए त चिरेर दिन्थें यो छाती।

तपस्या हुन्छ मायामा 
समर्पण हुन्छ मायामा 
तिमी त रहेछौ नि माहिर  
पट्ट्याई छाड्यौ नि आखिर  
कान्छाले विश्वास दिलायौ यो मन तन तिम्रै भो 
कान्छाले विश्वास दिलायौ यो मन तन तिम्रै भो ।














No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...