लड्ने पालो अब तिम्रो,समाइदिन सक्दिन
फेरि पनि मन बाट बधाइदिन सक्दिन।
दिईसकें कति कति बधाई शुभकामना
बर्बाद पार्यौ कति धेरै जिन्दगी र सपना
फेरि पनि जग्गे,डोली सजाइदिन सक्दिन
फेरि पनि मन बाट बधाइदिन सक्दिन।
टुटिगए बन्धनहरु, मनहरु जलिरहे
जोडिने र तोडिने ती क्रमहरु चलिरहे
नाटक मञ्चन गर्ने बेला रमाइदिन सक्दिन
फेरि पनि मन बाट बधाइदिन सक्दिन।
No comments:
Post a Comment