Thursday, 13 February 2025

मंसीरमा

आराक पोङ लिई आउँछु,यही आउने मंसीरमा
फ्यामार सगुन लिई आउँछु,यही आउने मंसीरमा
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

मुखले भन्न त पाईन्छ,त्यत्तिकै कहाँ पाईन्छ
देखेको त पाइँदैन,लेखेको मात्र पाईन्छ 
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

पोहोर ल्होसार मेलामा पहिलो चोटी देखेको 
यो मुटुको पानामा तिम्रै नाम छ लेखेको 
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

चिनजान पनि भा छैन,मैले के कसो गरुँ नि
आच्युको बानी ठिक छैन,जिस्क्याई हिन्छ तरुनी
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

एयररिङ दिउँला कानमा,शीरमा लाउने जून दिउँला
जन्तर,छ्याप्छ्यापे किन्दिउंला,गलामा सिक्री सुन दिउँला
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

पालु र आमाको धेरै छ,कसैले दिनुपर्दैन
स्वाभिमानी शेर्पिनी कसैको धनमा बिक्दैन
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

मनमा कुनै पाप छैन,सफा छ कान्छाको यो मन
मौकामा चौका हान् कान्छी,माइतमा जाला जोवन
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

मनपराउने धेरै छन्,पछि लाग्ने धेरै छन् 
रुपको छोरी भएर घरमा माग्ने धेरै छन् 
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

राम्ररी फल्छ फल,अन्न,बेलैमा गोडेको जोतेको
कामै लाग्दैन हेर् मोरी लगन पछिको पोतेको
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

तिमीले हिँड भन्दैमा त्यत्तिक्कै छोरी कहाँ हिन्छ 
ज्यान मिलेको चाहिन्छ,मन मिलेको चाहिन्छ 
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

फकाएर नमाने त घिस्याएरै लैजाउँला
कानून लागे नि केही छैन,जे परे नि सहुँला
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।


जबर्जस्तीले हुँदैन,बुद्धिले देखाउ जितेर
पक्कै हिम्मत छ भने लैजाउ यो मन जितेर 
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।

तिम्रै मायामा फसें म,केवल तिम्रै हुन्छु म
तिमीलाई नपाए,बरु सिंगल बस्छु म
जोरनाल बन्दुक पड्काउँदै,पन्चेबाजा घन्काउँदै
बेहुली बनाई लैजान्छु,कान्छीको हात समाउँदै।

सिंगल बस नबस त्यो त तिम्रै हो इच्छा
शुरु भयो दिनगन्ती,शुरु भयो परिक्षा 
तिमी कहाँको म कहाँको,सपना देख्छ मंसीरमा
बल गरेर  कहाँ हुन्छ,हुनु पो पर्छ तक्दीरमा।













No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...