संसारमा किन दिल तोड्ने चलन हुन्छ
मन मुटुमा बेसरी हुन्छ जलन हुन्छ।
पिडितले आँसु झारी बिलौना गर्दैछ
निस्ठुरीको धुम्टो हुँदा मेरो कफन हुन्छ।
ईतिहास फेरिन्छ र समय फेरिन्छ
मुना हसिलो भए नि रुन्चे मदन हुन्छ।
किन सागुरियो होला मनुस्यको छाती
बनाउन सकिन्न र जसरी गगन हुन्छ?
पौस्टिक आहाराको कमी भएर पो होकि
आजभोलि मानिसको कम्ती वजन हुन्छ।
No comments:
Post a Comment